मेरो देशको अस्तित्व साह्रै खतरामा छ ,
जब न्यायमूर्ति नै यहाँ कठघरामा छ ।
शक्तिमा हुनेले त हुँदो रैछ जे गरे 'नि ,
तर निमुखो चाहिँ कानुनको दायरामा छ ।
यो कुर्सी त मेरो पो हो भन्दै भुक्छ यौटा यता ,
अर्को चाहिँको विरोध उता पोखरामा छ ।
नसम्झिनुस् लोकतन्त्र आएको छ यो देशमा ,
आफन्त नै भर्ति गर्ने त परम्परामा छ ।
नभूल्नुस् अति गरे खति पक्कै हुन्छ भन्ने ,
अन्यायको क्रोध हाम्रो रौंको जराजरामा छ ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: