कोइली ले झै गित गाउछिन होलिन् ऊनी
मयूरीले जस्तै नाच्छिन होलिन् ऊनी
खै कस्ती होलिन् मेरी उनि!
हिमाल झै मन्द मुस्कानकी होलिन् ऊनी
मृग झै कमल नयनकी होलिन् ऊनी
खै कस्ती होलिन् मेरी ऊनि
चन्द्रमा जस्तै उजेली होलिन् ऊनी
जुनेली रात झै चम्किली होलिन् ऊनी
खै कस्ती होलिन् मेरी ऊनि
बज्रपातबट गुजरीएकी होलिन् ऊनी
ठूला चट्टानले पुरीएकी होलिन् ऊनी
खै कस्ती होलिन् मेरी ऊनि
खुला आकाश जस्तै होलिन् ऊनी
स्वर्ग कि परि जस्तै होलिन ऊनि
खै कस्ती होलिन् मेरी ऊनि
Liked by: