सधैं आजाद भएर चरि जङ्गलमा बस्छ
यो मान्छे मात्रै मान्छेको दलदलमा बस्छ।
कहिल्यै साथ नछोड्ने यही छायाँ न हो
जहाँ म बस्छू आएर मेरै बगलमा बस्छ।
जो आफू सधैं झुठको पर्दाले ढाकिन खोज्छ
उही सत्य तथ्य खोज्ने छलफलमा बस्छ ।
शरिर ध्वजा पार्दानी तिमी कहिलेई अघाएनौ
तिम्रो प्यासी जोब्रो कुन धरातलमा बस्छ ?
तिमि मात्रै एउटा त्यस्तो महान मान्छे हौ
जो आऊछ र सधैं मेरो गजलमा बस्छ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: