मेरो मनको फूलबारीमा फूल बनी छाउ है सानू
अधेरी त्यो रातमा पनि जुनबनी आउ है सानू
तिम्रो नामको एउटा गीत लेखी राख्या छु है
तिमी मिठो संगीत अनि धुन बनी आउ है सानू
कति उजाड तिमी बिना भाको छ जीवन मेरो
बसन्तमै फूली दिने फूल बनी आउ है सानू
सितमा पनि न्यानो तिम्रो माया लाग्छ मलाई
बैशाखको चर्को घाम मा शितल बनी आउ है सानू
मैले धेरै सोचि तिम्रो नाममा एउटा गीत लेख्य
म चाहिँ भाका हाल्छु तिमी त्यसमा लय लाउ है सानू
भोलि तिम्रो जन्मदिनको कामना कसरी गरु
तिमी सधै मुस्काएको मैले देख्न पाउ है सानू ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: