ऐना अगाडि आफै, आफ्नो सिउँदो भर्नु
सक्छ्यौ भने तिमीलै, यो साल् बिहे त गर्नु
संगै मरौ र बाँचौ, भन्ने कसम् नि छोड
यस्तै रहेछ भाग्य, रूँदै जग्य नझर्नू
झूटो थिएन माया, स्वार्थी थिएन यारी
हाँसेर साथ उस्कै, साथ्मै अगाडि सर्नु
बाँकी छ धेर ज्यूँनू, गल्ती गरिन्छ थोरै
आँखा गरेर राता, डेरा तिमी नसर्नू
हारी जित्यौ तिमीले, एक्लो भएँ म मात्र
यो मात्र चाह मेरो, त्यै काखमा म मर्नू
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: