भगवान ठानेर मन्दिरमा फूल चढाइरहें,
तिम्रै ईसारामा पाइला अगाडि बढाइरहें
तिमी पत्थर थियौ त किन भनेनौ सानू,
पत्थरकै अगाडि हरपल दियो जलाइरहें
पगालेर छताछुल्ल पार्ने विशेषता रहेछ,
माया नै सोची तिमीलाई देउता जनाइरहें
वासनाका लागि मात्र धुप बाल्दा रहेछौ तिमी,
श्रध्दा सोची आफूलाई खरानी बनाइरहें
चिन्नै सकिन मैले, त्यो मेरै गल्ती,
तैपनी तिमीलाई मेरै बारेमा पढाईरहे
लाखौं बार पढेर पनि बुझ्न सकेनौ,
अफसोच! आगो बिना नै यो मुटु डढाइरहें
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: