फुलोस ज़िन्दगी तर फलोस भन्दिन
मेरो जस्तै तिम्रो मुटु जलोस भन्दिन
हुन त म आफनै् सत्रुहरूको पनी
दुखै दुखमा ज़िन्दगी चलोस भन्दिन
सधैँ सधैँ आँसुको सागरमा डुवाए नि
मेरै कारण तिम्रो शिर ढलोस भन्दिन
पिडा त तिमीले मलाई दियकी छौ
फेरि पनि तिम्रो ख़ुशी गलोस भन्दिन
मेरो ज़िन्दगीको सपना अधुरै रहेनि
यो समयले तिमीलाई छलोस भन्दिन
Liked by: