भोको पेटको भोक मेटाउने खाना मेरि आमा
पटक-पटक सुनिरौझै लाग्ने गाना मेरि आमा !!
यहाँ सम्मको यात्रा मेरो पहिलो पाइलादेखि
मेरो जिवनकथाको एकएक पाना मेरि आमा !!
मलाइ दुख्दा हजुरलाइ नि पीडा हुन्छ धेरै
हरेक चोटको प्रहार रोक्ने छाना मेरि आमा !!
मैले भुल गर्दापनी मेरो दोष लुकाइदिने
हरेक गल्ति भरिदिने हर्जाना मेरि आमा !!
अमूल्य र शक्तिशालीको पर्यावाची हजुर
मेरो लागि मुल्यहिन खजाना मेरि आमा !!
प्रत्येक दिन जप्नुपर्ने आराधाना मेरि आमा !!
प्रकाश पौडेल
रसुवा हाल अस्ट्रेलिया
Liked by: