मैले एउटा गजल लेख्छु नरुनु है आमा
गजल भित्र दु:ख पोख्छु नरुनु है आमा
हेप्दा र खोप्दा रहेछन् गरिबीलाई आमा
अब मनी मुगलान पस्छु नरुनु है आमा
गजल भित्र दु:ख पोख्छु नरुनु है आमा
स्वर्ग जस्तै ममताको काखै तिम्रो छाडी
दुई-चार साल उतै बस्छु नरुनु है आमा
गजल भित्र दु:ख पोख्छु नरुनु है आमा
सपनीमा मलाई देख्दा नझार्नु है आँशु
आँशु सँगै मनी खस्छु नरुनु है आमा
गजल भित्र दु:ख पोख्छु नरुनु है आमा
मैले एउटा गजल लेख्छु नरुनु है आमा
गजल भित्र दु:ख पोख्छु नरुनु है आमा
Liked by: