त्यो दैबले हाम्रो खुसी छिन्ने बेला नरुनु है तिमी
घाट लान सेतो कात्रो किन्नेे बेला नरुनु है तिमी
चक्नाचुर होलान तिम्रा ति म सँगका सपनाहरु
मलामीको लहर पछी हिन्ने बेला नरुनु है तिमी
सुत्छन होला कति घुर्दै कति बसलान बत्ती कुर्दै
आफन्तले मेरो १३ दिन गिन्ने बेला नरुनु है तिमी
श्रर्दान्जली दिन आउनु पर्खी बस्छु चितामाथी
मृत शरीर खरानी भै नचिन्ने बेला नरुनु है तिमी
Liked by: