अाशन,बासन, भिटामिनले पूर्ण यिनै हुँदा पनि
भ्रष्टाचारमा कति माहिर, अनेक रोगले छुँदा पनि
राजश्व र सेवा शुल्क बारम्बार तिरेकै छन्
अालाकाँचा, युवा, वृद्ध अभावले रुँदा पनि
पढ्ने,लेख्ने, कलेज, स्कुल पाइलैपिच्छे भेटिराछन
जागीर खोज्दाखोज्दै निस्के, बुढेसकालका लुँदा पनि
सर्टिफिकेट थन्क्याएर विदेशतिर धाउनुपर्दा
इच्छा जाग्छ मेटाइदिउँ झै, कानूनका बुँदा पनि
गुनैगुन गर्ने जस्तो, सुन फलाउने नारा दिन्छन्
नमेटिने हो कि पाप, गंगाजलले धुँदा पनि
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: