अस्ताउदो सुर्य अनि अस्ताएको जिवन, सङ्गै भएको देख्दा
मिर्मिरे किरण र जिन्दगीको गाथा, सङ्गै गएको देख्दा
सृष्टिले विदा लिएको हो की जिवनले यहाँ ?
सास र ताप कालले ,सङ्गै बाधेर लएको देख्दा
नि शब्द छु म:
हजारौं यादहरु घाम सङ्ग पनि छन्, उ सङ्ग पनि छ
तर दुवैको याद धुवाँ र बादलले खोस्दा पनि सहेको देख्दा
समयको चर्खामा घाम पनि उ सङ्गै दौडियो कतै
आज यात्राहरू ऐउटै क्षितिजमा सङ्गै डुुब्दै रहेको देख्दा
नि शब्द छु म:
अस्ताउदो सुर्य अनि अस्ताएको जिवन सङ्गै भएको देख्दा
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: