आँखाको झ्यालबाट तस्बिर नियाली रहन्छु म !!
आज्काल तिमी बिना मै सँग मै खाली रहन्छु म !!
जूनतारा हेर्दै साँझको दियो सधैं बाली रहन्छु म
तिमीसँगको यादहरु रात दिन संगाली रहन्छु म !!
यो मनको चरी आकाशको परि बिर्सन्न क्यै गरी
कोमल र्हिदयको पिंजड़ा भित्र पाली रहन्छु म !!
तिमी आउछौ सप्ना लिई उचालि दिन्छौ एकैपल
सप्ना टुटी छुटेको पल मै’लाई खसाली रहन्छु म !!
साम्भावनाहरु आकास्मात् चोइटिन सक्ने रहेछन,
तैपनी फाटेको पुरानो एकै मन सम्हाली रहन्छु छ !!
Liked by: