सबै पुरानो, आँगन उस्तै छ!
बदलिएको छैन मन उस्तै छ!
तिमी बिना सास फेर्न गाह्रो,
महसुस गर धड्कन उस्तै छ!
तिम्रो सुरमा म नाचेको ताल,
पाउजुको छन छन उस्तै छन!
नबस्न सके नहट्न मनबाट,
फुकाउ बाधा अड्चन उस्तै छ!
संगै जिउने मर्ने खाएको कसम,
बिर्सियौ कि बाचा बन्धन उस्तै छ!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: