चिसो न्यानो भयो मौसम पानी परेपछि ।
अनि सुरु भयो गजल बानी परेपछि ।।
उदास उदास मेरो मुटु खायो कुटु कुटु ।
आँखै अघि मन मिसाउने रानी परेपछि ।।
लाग्न थाल्यो थकाई भाबनाको सागरमा ।
जादुमय मुस्कान छर्ने दानी परेपछि ।।
एकनासको अडान पनि छुट्यो क्षणभरमै ।
मिसाई सँगै सुख दुःख लानी परेपछि ।।
खाएँ हार पटक पटक मायाँको खेलमा ।
चौतारीमा मन बराल्ने सानी परेपछि ।।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: