के सुनाउ र म परदेश को,
कहानी तिमीलाई !
सम्झेर बगी रहन्छ ,
आँखामा पानी तिमीलाई !
परदेश हिड्दा हिड्दै ,
बित्यो जिन्दगानी !
चाहेर पनि दिन सकिन,
जवानी तिमीलाई !
न त दिन सके सुन चाँदी,
न त राम्रो घर !
केही दिन सकिन ,
नाम निसानी तिमीलाई !
साच्चै भनौ भने तिमी पनि ,
अभागी रहिछेउ !
टाढा छेउ कसरी भनौ,
भाग्यमानी तिमीलाई !
यो जुनि त यस्तै भयो ,
तिमलाई पाए अर्को जुनि
सुम्पिने छु सर्वस्व
यो जिन्दगानी तिमीलाई !!
Liked by: