अझै कति गर्छौ इन्तजार परदेशी !
आखामा बगाउदै असार परदेशी !!
सुनौलो सपना बोकि उडेको त हौ !
बनाउनलाई सुखी परिवार परदेशी !!
बुढी आमा श्रीमती सबै छोडि त गयौ !
आउ गैरी खेतमै फल्छ आहार परदेशी !!
सिस्नु आटो खोले मै बरु सन्तुष्ट हुनु !
सन्तोष मै छ सुख को आधार परदेशी !!
-निर्दोष नेपाल
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: