सुरुप्प पिउदा जिउ नै सिरिङ हुने
पिइ सके पछि मजा आउदो रहेछ।
खै कस्तो हो कस्तो चिज पनि
जे गरे नि सुहाउँदो रहेछ ।
कैले नसम्झिने उनिलाई
आज पिए पछि उन्कै याद आउदो रहेछ।
सुरुप्प पिउदा जिउ नै सिरिङ हुने
पिइ सके पछि मजा आउदो रहेछ।
म सोझो हु सोझै थिए पिउनु भन्दा पहिले त
जब पिए सनक्क सन्किन मन लाग्छ अहिले त
खै कस्तो हो कस्तो यो चिज पनि
पिए पछि आफ्नै मान आफ्नै सम्मान चाहिदो रहेछ।
सबै देख्छु उस्तै उस्तै उ साथी पनि उस्तै
एकै इसाराले बुझिहाल्ने कस्तो त्यो मन पनि उस्तै
पिउदै जादा मीठो लाग्ने जति पनि पिइदो रहेछ।
पिए पछि सबै मिल्ने सगै साथी पाइदो रहेछ।
सुरुप्प पिउदा जिउ नै सिरिङ हुने
पिइ सके पछि मजा आउदो रहेछ ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: