के छ कुन्नी तिम्रो, त्यो अधरमा?
कि गल्ती देखियो, मेरो नजरमा
राम खाडीमा, पसिना चुहाउँदै छ
सीता रावणसंग मस्त, छे सहरमा
तिमी त मसंग-संगै, हिडेकी थियौ
आज टाढियौ कस्ले, पार्यो करमा
यो बाटो, मलामी मात्र हिड्ने गर्छन
उत्सव ध्वनी गुन्जदैनन्, यो नगरमा
म प्रेमको, कोसेली लिएर आउनेछु
प्रतीक्षामा बस्नु उही, पुरानो बगरमा
Liked by: