आयो वसन्त मनमा एउटा, बहर आयो
प्रेम मिलनको अनौठो रात, प्रहर आयो
प्रेमिले मदहोसमा, प्रेमिकाका अधर चुम्यो
अनि फुट्यो बाँध प्रेमको ठुलो, नहर आयो
लज्जाले लजाउँदा, प्रियसीका नजरहरुमा
म अब तिम्रै हुँ नि प्रेमी भन्ने, बहर आयो
तिमी, म अनि हामीमा यो रात बाँकी छ
प्रेमको सम्भोगमा एउटा नयाँ, ठहर आयो
तीन प्रहरको एक, अन्तिम असर छ बाँकी
ती यौवनमा सलबलाउने एउटा, रहर आयो
Liked by: