हर कोहीलाई आफ्नो प्रेम खास लाग्छ
त्येही प्रेमको प्रेमकथा लेख्न मन लाग्छ
भिडहरुको माँझमा मेरो कमजोर प्रेमकथा
शिर्ष स्थानमा मेरो कथा लेख्न मन लाग्छ
यौवनले फक्रिएको फुललाई रोज्छन् मान्छे
सधै भमरोले दिएको पिडा लेख्न मन लाग्छ
समाज भन्छ म सानो उनि ठुलो जाती हुन रे
दुबै जात फाली मात्रै नाम लेख्न मन लाग्छ
उनको मनमा मेरो तस्विर सजाकि छिन रे
यो छाती चिरी उनको नाम लेख्न मन लाग्छ
सिताराम राधाकृष्णको याद गर्छन दुनिया
मलाई मेरै प्रेमको इतिहास लेख्न मन लाग्छ
तिव्र गतीमा उनको याद हावामा तैरी उड्दा
सागर जस्तै गहिराई माया लेख्न मन लाग्छ
टुक्रिएर सिसाको भाडाँ बेकामको बनिदिदा
सिसा जोड्ने आगोंको रुप लेख्न मन लाग्छ
हर कोही लाई आफ्नो प्रेम खास लाग्छ
त्यही प्रेमको प्रेमकथा लेख्न मन लाग्छ
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: