छन् त छन् यहाँ ठूला ठाला ले के गर्नु
आउँदैन धारामा पानी,नदीनाला ले के गर्नु
तिर्खाएको बेला पानी पाए पो पाए भन्नु
मर्दा पाएको त्यो फूल माला ले के गर्नु
न धन राख्नु छ मलाई न त मन राख्नु छ
महोदय रित्तो बाकस हुँ म तालाले के गर्नु
रूप रङमा प्रथम तिमी,प्रिय माफ गर मलाई
आखिरमा दियौ धोका त्यो छालाले के गर्नु
बाह्र मुखले विरोध गर्छन् मान्छे,राम्रो कामको यहाँ
बोल्दैनन् अन्याय अत्याचार का विरुद्ध,गलाले के गर्नु
Liked by: