जब आफ्नै छायाले छोड्छ रात परेपछि
यो दिमाग ले तिम्लाई सोच्छ रात परेपछि
जूनको दागलाई तिम्रो कोठी सम्झिएर
उजागर ले यहाँ गजल कोर्छ रात परेपछि
पिउदा पनि शराब त्यो बिटुलो प्यालामा
यो मनले तिम्लाई खोज्छ रात परेपछि
सुन सान चकमन्न निस्प्ट्ट अध्यारोमा
धड्कनले तिम्रै नाम बोल्छ रात परेपछि
यो दिमागले तिमीलाई सोच्छ रात परेपछि
उजागरले यहाँ गजल कोर्छ रात परेपछि
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: