नास हुने ठोकहरु मलाई रमाउने रहर चाहिँदैन |
मोज मस्ती रम्झम गर्ने शुखको त्यो सहर चाहिँदैन |
येशु ख्रस्त्को साचो माया पाएको छु म ।
मलाइ स्वार्थी मायामा जिउने रहर चाहिँदैन |
स्वोर्ग जाने साचो, एउटै मात्र येशु खृष्ट हुन ।
नास हुने सन्सारमा धन सम्पती अनि घर चाहिँदैन |
अनन्त जीवन येशु खृष्टमा मात्र पाइन्छ यो कुरा सत्य हो
सन्सारिक जीवन त्यो स्वार्थी मायाको ठहर चाहिँदैन ||
Liked by: