प्रवासमा गएर हे कमाउँदा रमाउँला॥
बसेर त्यो प्रवासबाट आउँदा रमाउँला॥
धुजा धुजा धुरी सबै बलिन्द्र आँसु झार्दछ।
नयाँ किनेर पात छानु छाउँदा रमाउँला॥
छ रिक्त रिक्त शुन्य यो गला र हात कर्णमा।
अनन्त स्वर्ण हारले सजाउँदा रमाउँला॥
अभाव जिन्दगी सबै भगाउने छु शक्तिले।
अनाज धान को कुटी बनाउँदा रमाउँला॥
विदा म माग्छु देउ हे नमान शोक जीवन।
खुशी लिएर साथमा म ल्याउँदा रमाउँला॥
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: