जितमा मात्र हैन हारमा पनि
रमाउन सिक्नुछ कहिलेकाही ।।
पाएर मात्र हैन गुमाए पनि
रमाउन सिक्नुछ कहिलेकाही ।।
के भरोसा तिम्रो अनि जिन्दगिको
त्यसैले मृत्यु सम्झेर पनि रमाउन सिक्नुछ कहिलेकाही ।।
ठुला सोच त बनाउला भविस्यलाई तर
सोच आपुर्ण रहदको पल सम्झेर पनि
रमाउन सिक्नुछ कहिलेकाही।।
जीवन सुनौलो छ भन्ने भाव त जुटाउला जसोतसो
तर एकदिन आवस्य हारिन्छ सम्झेर पनि
रमाउन सिक्नुछ कहिलेकाही ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: