Rin Aaeko Ho | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

ऋण आएको हो




   ओमप्रकाश देवकोटा - Oct 14 2019

घुम्दै घुम्दै दुनियाँ सबैको दिन आएको हो
तिमी आएपछि घरमा लक्षिन आएको हो

महोदय घर उज्यालोमा आउदैन याद गर्नुहोस्
जुनकीरी देखिएपछि लालटिन आएको हो

बाहिरबाट आएको त्यसै आएको हैन सरकार
जीवनस्तर राम्रो होला भनी ऋण आएको हो

सपना देखे मात्रै सानो सफलता भएपनि हात पर्छ
खास सोचाइ कमजोर भएर कठिन आएको हो

सित्तैमा पाए त्यो मेरो हो हजुर पनि भन्नुहुन्छ
तर दुई दिनको लागि मात्र जमिन आएको हो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.