किन किन भक्कानिएर रुन मन छ आज
यी आखाँका परेलीलाई धुन मन छ आज
नपाउने चिजको आशा लिँदिन भन्दापनि
उस्तै छ प्रेम मलाई उस्कै हुन मन छ आज
कति छन कति सुनाउन भित्रका दुःखसुख
उनकै काखमा पिडाहरु भुल्न मन छ आज
कुल्चिएको भुँइको धुलो, ठान्यौ मेरो माया
मलाइ हेरि हाँस्ने तस्बिर छुन मन छ आज
Liked by: