आमा बुवाबाट टाढा हुदा यो मन यति रुन्छ किन ।
काम गर्न अगाडी बढ्छु दिनमै अध्यारो हुन्छ किन ।।
घर छोडी भाइ बैनी बा-आमा छोडी पर्देशै छु म त ।
छोराले पर्देश जनै पर्ने आखिर यस्तो हुन्छ किन ।।
घरको यो हालत मेरो, के म मरे पछि हुन्छ राम्रो ।
आखिर छोराको नाममा यति दु:ख हुन्छ किन ।।
रोई रोई मर्ने भाछु आज घर जानु कैले पाउँछु म ।
बिदेशमा एक दुई वर्ष काम गर्नै पर्ने हुन्छ किन ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: