कमजोर त छैन म तर
एकान्तमा मा बसि रुन्छु म
आफ्ना मनमा लागेका घाउलाई
भुलाउनलाई धित मरुन्जेल रुन्छु म ।
भन्दिन पिडा, बेदना अरुलाई
कमजोर छु भनि देखाउदिन म
बाहिरी मुहार खुशी बनाउछु
भित्री मन जति टुटे पनि म ।
कसलाई कसको मतलब हुन्छ र यहा
सब बाहिर मुस्कान अनि
भित्र पिडाको साहारा ले बाचिरहेका छन्
मन खुशी नभएपनि देखाउन लाई हाँसिरहेका छन् ।
अरु जस्तै बाहिरी मुहार मा खुशी
भित्र पिडाको साहारा मा बाच्न सिक्दै छु
सुनाउदिन मनका पिडाहरु
पिडा लुकाएर बाच्न , हास्न सिक्दै छु ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: