जिन्दगीको पनि अनौठो सफर हुन्छ
ढुङ्गा घरी देउता त घरी पत्थर हुन्छ
खडेरी नलागोस् कहिल्यै जिबनमा
नदि पनि नदि रहन्न सुकेर बगर हुन्छ
मुटु दिएको छु भनेर चटक्कै बिर्सन्छ
खै अब कसको विश्वास र भर हुन्छ
पालो सबैको आउछ भन्नेले यत्ति भन
मेरो गाँउ कहिलेबाट तिम्रो शहर हुन्छ
Liked by: