टाढा पर्छ कि नजिकै पर्छ बजार शहरबाट
कस्तो देखिन्छ आखामा गाउको प्यार शहरबाट ।।
ए गाउँ छोडेर शहर बसाई सार्नेहरु हौ
दुईचार खुसी ल्याईदिनु उधार शहरबाट ।।
मैले मायाको लागी सिंगो पठाएको छु उता
हेर्छु बदलामा के आउँछ उपहार शहरबाट ।।
बर्षौ देखिको सेतै पहिरन छ मेरि आमाको
पठाई दिनु दिल रंग्याउने स्रींगार शहरबाट ।।
कसरी तोक्नु हुन्छ र मायाको मुल्य तपाईं
तिम्रा आखाहरुले चिन्दैन आकार शहरबाट ।।
दुरदराजका बस्तिले कहिले महसुस गर्ने
गाउँमा आउँछ कि आउन्न सरकार शहरबाट ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: