जति बोल्दा पनि कहिल्यै फुन सकिएन
मनभित्रको तिम्रो तस्बिरमा धुन सकिएन
बातैबातमा रात बिते दिन कतिकति,
नजिक हुँदा पनि कहिल्यै छुन सकिएन
खट्किरहन्छ बारम्बार त्यही एक कुरा
तिमीले भन्दा पनि तिम्रै हुन सकिएन
तिम्रो डोली जाने बेला देखेकै हुँ प्रिया
भित्रैभित्रै रोएँ बाहिरी रुन सकिएन
टाढा भयाै अर्कैसित वर्षै पुग्न लाग्यो,
ऋणि नै छु तिर्न तिम्रो गुन सकिएन
Liked by: