जे थियो हिजो देखियो, सक्कियो
कुरा यो मनमा लेखियो, सक्कियो
बद्नामी पन्छाउदै अगाडि बढ्दा
नदेख्नु पर्ने नि देखियो, सक्कियो
बलिमा तयार बोका नसम्झनुस,
जसको घाँटीमा रेटियो, सक्कियो
कसले लेख्या थ्यो र मेरो भाग्यमा
तपाइँ भन्नुहुन्छ मेटियो, सक्कियो
बटुवासंग आश के राख्नुहुन्छ खै,
जस्लाइ बाटोमा भेटियो, सक्कियो
Liked by: