जसको बास यतिबेला डेरामा छ ,
ऊ नै चौतर्फी समस्याको घेरामा छ ।
हुन त होइन नि घरै नभएको ,
तर पहाडको पाखा पखेरामा छ ।
जति नै महलको सुखमा रहे नि,
विपदको सहारा त कटेरामा छ ।
देख्छु मुस्कुराएको फोटोमा बा लाई,
तर पीडा लुकेको त्यो चेहेरामा छ ।
दु:ख पछिको सुखले यो शिक्षा दियो,
मेहनतको मीठो फल् सुस्केरामा छ ।
जन्मौंको नाता त टुटाइदिन्छ धनले ,
के दिगो नाता यज्ञको सात् फेरामा छ ??
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: