कोही सम्मानको माला, भिरेर मख्ख छन्
कोही सुदिन खुसीमा, फिरेर मख्ख छन्
मलाई त यस्तो लाग्दैछ, अहिले सम्झेर
कोही वषै देखिको, ऋण तिरेर मख्ख छन्
जीवनलाई नबुझेर कथाकै, पात्र भएछन
कोही आफ्न्तहरूलाई, पिरेर मख्ख छन्
तालमै राखेर आँशुको, आखाँलाई सधै
कोही पिडा दुःखले छाती, चिरेर मख्ख छन्
हार गुहार गरेर, बल्ल बल्ल गुजार्दै
कोही उही कालको गेट, छिरेर मख्ख छन् !
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: