माफ गरिदेउ मबाट प्यार हुदैन प्रिय
सबै एकनास र दिलदार हुदैन प्रिय!
तड्पिदै बाँच्दैछौ रे एकोहोरो प्रेममा
तिम्रो प्रेम मबाट स्विकार हुदैन प्रिय
नदोहोर्याउ तिम्रा हरेक बात मलाई!
गल्ती अनि माफ बारम्बार हुदैन प्रिय
भन्छौ नि भविष्य कोरिदेउ मेरो भनेर
चाहेका सपनाहरु साकार हुदैन प्रिय।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: