आफ्नै जिन्दगी संगको संगत पनि भयानक लाग्यो
न आफु जस्तो भईयो न आफ्ना हरुमा हक लाग्यो
आमाको माया बा को आशिर्वाद पाएकै थिए मैले
श्रिमति ल्याए पछि घरको चलन अलि फरक लाग्यो
हिजो जस्ले गाउँ र गाउँले लाई पाखे भनि घृर्णा गर्थे
आज उनिहरु लाई नै गाउँ किन आवस्यक लाग्यो
जिन्दगी जिन्दगी जस्तै बनाउन नसकेर त होला
आज आएर आफ्नै जिन्दगी पनि नाटक लाग्यो
म मान्छे होईन कि ? मेरो रगत रातो छैन मुखिया बा?
आखिर म संगै बसेर चिया पिउन किन धक लाग्यो?
नेता हरुले देश खायो सिमाना बेचे नदिनाला बेचे
देशको अस्तित्व बचाउन बर्षौ देखि सर्जक लाग्यो
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: