जनता मरेको मरै छन् ,कस्को लागि बन्दैछ सरकार??
सासको लागि गुहार नसुन्ने, के को सपथ भन्दैछ सरकार??
जनताको लागि एक मुठ्ठी सास धरी नअटाउने विकास गरेछौ
लास गनेर नसकिने भईसक्यो ,उता सांसद गन्दैछ सरकार
जनजिवन नर्क सरि भयाभह भऐको देख्दा देख्दै पनि
जनता बचाउने साट्टो कुर्सी बचाउने खेलमा रम्दैछ सरकार
न अन्याय देख्छ न स्वास्थ्य सेवा ,न काम दियो न माम
कुर्सी बाहेक केही देख्दैन हजुर हाम्रालागि अन्धै छ सरकार।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: