सधै आफू हारेर सन्तानलाई जिताउने बाबाको अघि
मैले "सफलता" लेख्नलाई शब्द भेटिन
आफू आधी पेट खाई सन्तानलाई खाजा बोक्ने आमाको अघि
मैले "माया" लेख्नलाई शब्द भेटिन
हिजो भेटिएको केटीले छोड्दा मुटु चर्कियो रे उसको
छोरा भोकले रुँदा भक्कानिने आमाको अघि
मैले "पिडा" लेख्नलाई शब्द भेटिन।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: