मलाई प्यारको नशा पिलाएर गईन
आफ्नै फाटेको मन सिलाएर गइन ।
मेरो अौकातको परीक्षा लिँएसि उनि
सुखमा अर्कैको साथ मिलाएर गइन।
आकाश छुने महल थिएन म सँग त
दु:खी थिएँ झनै दु:ख दिलाएर गइन ।
आँसु त प्युनु दिन चर्या नै थियो मेरो
तर त्यै आँसुमा जहर खिलाएर गइन ।
न छाँया थियो कतै न पाईला कसैको
हावामा आईन हावैमा बिलाएर गइन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: