खोज्दै जादा तिम्रा तस्बिरहरू भेटिए
देउता नबस्ने थूप्रै मन्दिरहरू भेटिए
चरा जस्तै भूर्र उड्छू भनेर निस्केको
यात्रामा कठिन जन्जिरहरू भेटिए
आफ्नो भाग्य म आफै लेख्छू भन्ने
म जस्ता कयैन तगदिरहरू भेटिए
ईश्वरको खोजिमा निस्किएको के थिए
म हू असल भन्ने जगदिश्वरहरू भेटिए
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: