के छ आज भोलि नानुको खबर थाहा छैन।
उनी बस्ने त्यो गाउँ अनि शहर थाहा छैन।।
तिम्रो याद आउँछ हरपल सताउछ मलाइ।
तिमि माया गर्छौ गर्दैनौ निरन्तर थाहा छैन।।
लेखेको छु मुटुमा तिम्रो नाम नमेटिने गरि।
साथ दिन्छौ या धोका जिवनभर थाहा छैन।।
बिपनीमा सम्झिन्छु र सपनिमा देख्छु मैले।
होला नहोला तिम्रो नाम मेरो थर थाहा छैन।।
हिंड्न सकिदैन सजिलोसँग कहिलेइ पनि।
खै कस्तो रहेछ यो प्रेमिल सफर थाहा छैन।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: