मन बिसाउने चौतारी बन्नु थकित जिन्दगीको
सारा तिमीलाई सुनाउँछु कथित जिन्दगीको
राखेको थिए गुम्साएर ईच्छा र रहरहरु
फुकाउँदै छु गठो अब कुण्ठित जिन्दगीको
आफैलाई नमज्जा लाग्ने छन् अतीतका पानाहरू
फेरिँदै छन् रूप रंग अनि स्वरूप जिन्दगीको
मेरा सबै खुसीहरू तिम्रो नाम गरिदिन्छु
तिमी नै हौ कारण पनि हर्षित जिन्दगीको
माया भन्ने शब्द देखि फरक थियो धारणा
बद्लियो सोचाइ मेरो प्रित जिन्दगीको
जिन्दगी देखि हरेस खाई केहि गर्न मन लाग्दैनथ्यो
अब पूरा मजा लिनु छ यो मित जिन्दगीको
भनेको सुनेको थिएँ विश्वास पनि लाग्न थाल्यो
रैछ दुःख पछि सुख आउने रित जिन्दगीको
मन बिसाउने चौतारी बन्नु थकित जिन्दगीको
सारा तिमीलाई सुनाउँछु कथित जिन्दगीको
Liked by: