कमाई मेरो हेर्छौ भने हातको ठेला देखाइदिन्छु
ढलान वाल फुटाउने यी हत्केला देखाइदिन्छु
मेरो कथा पढ्छौ कि सुन्छौ तिमी
चाहना भए आउ झुपडीमा त्यही बेला देखाइदिन्छु
ढलान वाल फुटाउने यी हत्केला देखाइदिन्छु
हात गोडा फुटि तप्प तप्प रगत चुहिनै लागेका
दुःख कष्ट सङ्घर्षको मेला देखाइदिन्छु
चाहना भए आउ झुपडीमा त्यही बेला देखाइदिन्छु
दुःख गरे दुःखै पाय दुःख कै गित गाइराछु
बिरहमा बजाउने त्यो तवेला देखाइदिन्छु
दुःख कष्ट सङ्घर्षको मेला देखाइदिन्छु
कमाई मेरो हेर्छौ भने हातको ठेला देखाइदिन्छु
ढलान वाल फुटाउने यी हत्केला देखाइदिन्छु
कमाई मेरो हेर्छौ भने हातको ठेला देखाइदिन्छु
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: