Thulai Maccha Samaune | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

ठूलै माछा समाउने




   शिरीष ढकाल - Feb 17 2021

कहिले सासुसँग लड्छे कहिले ससुरासँग,
खै किन लड्छे ऊ यसरी बेतुकका कुरासँग ?

केहि अह्राउनै हुन्न सनक्कै सन्किन थाल्छे,
रीस पोख्न थाल्छे त्यसै बाख्रा, कुखुरासँग ।

साह्रै नराम्रो बानी छ उसको मुखमुखै लाग्ने,
दाँज्दा हुन्छ त्यो मुखलाई चक्कु अनि छुरासँग ।

ऐना हेर्दै दल्छे मुखमा अनेक थरी लेपहरू,
रुची रैछ उसका ती लाली पाउडर चुरासँग ।

लाग्छ उसको लक्ष्य नै हो ठूलै माछा समाउने,
ठूलै मात्र मन पराउँछे वास्तै छैन भुरासँग ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.