वियोगका ती सारा पीडा भुल्न चाहान्छु ।
ढुङ्गासरी मनमा फुल बनी फुल्न चाहान्छु ।।
अधुरा ती आकांक्षा पूरा नहुदै विलिन भयौ ।
तलासमा तिम्रो सारा जङजिर झेल्न चाहान्छु ।।
तिमी विनाको एक पल लाग्छ मरभुमीको सयर ।
मनको समाप्ती अघि मनसँग मिल्न चाहान्छु ।।
टुटेको मन, गलेको शरीर अब बाकिँ के छ र ।
अन्तिम सास उनको आशमा निल्न चाहान्छु ।।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: