तिमी बिनाको बगान छैन बगान जस्तो ।
फुलहरु मुर्दा बने बगैंचा मसान जस्तो ।
छन त छ गोरेटो अझपनी उज्यालै तर ।
आकाश जलेर बनेको बिहान जस्तो ।
यसरी उडाई रहेछन कि तिम्रा यादहरुले ।
क्षणमै आउँछन जान्छन तुफान जस्तो ।
तिम्रा यादहरु आज डर बनेर आउँछन ।
गर्न आए कि फेरि लाग्छ अपमान जस्तो ।
Liked by: