तिमी कृष्ण म राधा भए झैं
रंगहिन जीन्दगी सादा भए झैं
जीन्दगी यसरी बिताउन मन थियो तिमीसँग
म किताब भए तिमी गाता भए झैं
कहिलेकाहीँ यसरी डराउँछौ मबाट
मानौं तिमीलाई फसाउने मेरो इराधा भए झैं
लाग्छ यसरी अडिएकी छु तिम्रो जीवनमा म
सदाबहार जीवनमा बाधा भए झैं
थाहा थियो सधैं साथ हुँदैनौ भनेर
तैपनि लाग्छ म आधा भए झैं
Liked by: