म मायाको भोको अनि तिमी मायाको खानी हौ
मेरो जिन्दगी मा उज्यालो छर्ने सुन्दर बिहानी हौ
तिमी बिना अब त सोच्नै सक्दिन एक पल
मायाको परिभाषा दिने मायाकै कहानी हौ
म मायाको भोको अनि तिमी मायाको खानी हौ
तिमी लाई हेरे पछि बिर्सिदिन्छु सारा बोझ
मेरो मन लाई बिसाउने नरम सिरानी हौ
म मायाको भोको अनि तिमी मायाको खानी हौ
मेरो जिन्दगी मा उज्यालो छर्ने सुन्दर बिहानी हौ
Liked by: